संसद् सेवामा सचिवहरु टपक्क टिपेर ल्याउनु गलत हो : अध्यक्ष बेल्बासे
२६ पुष, २०८१, शुक्रवार
- बैठकमा संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद्को महासचिव र सचिव संसद् सेवा भित्रैबाट हुनुपर्ने बताएका छन् ।
काठमाडौं : शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयमाथि छलफल भएको छ ।
उक्त समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गर्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले हक, हितको लागि संगठित हुने अधिकार संविधानले नै दिएको भन्दै यसलाई कुण्ठित गर्ने काम नगर्न सुझाव दिएका छन् ।
यसैगरी उक्त बैठकमा संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद्को महासचिव र सचिव संसद् सेवा भित्रैबाट हुनुपर्ने बताएका छन् । उनले संसद््को महासचिव–सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत रहेको बताए ।
उनले भने, ‘संसद् सेवामा ३०÷३२ वर्ष काम गर्ने तर सचिवहरु टपक्क टिपेर ल्याउँदाखेरी संसद् सचिवालयका कर्मचारीहरु सेवामा नै बस्न नचाहेको अवस्था छ । संसद्को सचिव र संसद्को महासचिव संसद् सेवाभित्रैबाट हुनुपर्छ । यो व्यवस्थाका लागि अनुरोध छ । संसद्को सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत छ । महासचिव भित्रकै हुनुपर्छ ।’
हाल संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एकजना सचिव छन् । दुवै सचिव संसद् सेवा बाहिरबाट पनि नियुक्त हुन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर संसद् सेवाभन्दा बाहिरबाट सचिव नियुक्त गर्ने अभ्यास छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’